वाइल्ड रिपर्स क्रूलाई फिचर गर्दै आए गायक सन्तोष कालिकोटे

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायक सन्तोष कालीकोटेको स्वरको नयाँ गीत ‘जालैमा जालैमा…’ को म्युजिक भिडियो बुधवार साँझ सार्वजनिक भएको छ । डम्बर हिङमाङको शब्द तथा संगीतको उक्त गीतको म्युजिक भिडियोमा भारतमा समेत लोकप्रिय रहेको नेपाली नृत्य कलाकारहरुको समुह ‘वाइल्ड रिपर्स क्रू’ लाई फिचर गरिएको छ । वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।
गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई हाइटलाइट्स नेपालको च्यानलमार्फत अपलोड गरिएको हो । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

जालैमा…को म्युजिक भिडियो