रहेनन् भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । दुर्इ महिनाअघि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना हुनु भएका अटल विहारी बाजपेयीको उपचारको क्रममा निधन भएको हो ।
बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जम्ने रोगबाट प्रभावित हुनुका साथै बिर्सने रोग डिमेन्सियाबाट पिडीत थिए ।
उनलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो ।
सन् १९२४ मा जन्मिनुभएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री नियुक्त भएको थियो ।