नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
आज बिहान ११ बजेतिर पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा जति समय लाग्ने प्रहरीले जनाएको छ ।