एन्टाद्वारा खडेरी पिडीत अष्ट्रेलियन किसानलाई राहत वितरण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
लामो समय देखि अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा वर्षा नभएकोले न्यू साउथ वेल्सका डब्बो क्षेत्रमा परेको खबर अष्ट्रेलियाको मिडियामा आइरहेको छन् । सो खडेरीका कारण उक्त क्षेत्रका किसानहरूअसाध्यै आप्ठ्यरो स्थितिमा रहेको र सो क्षेत्रका किसानहरू ले पाली राखेका विभिन्न चौपाया तथा चराचुरूगींहरूलाई समेत खुवाउन नसकेका कारण कम मुल्यमा बेच्नु परेको वा अन्यत्रै सथानतरण गर्नु परेको समेत खबरहरु आइरहदा एशोसियशन अॉफ नेपाल तराई ईन अष्ट्रेलिया( एन्टा) ले त्यहाँ का किसन हरुलाई सहयोग गरेको छ ।
त्यहाँका किसनहरुलाई खाने पानीको अभाब र खानेकुरा आभाबलाई केहि हद सम्म मनाबिय सहयोग पुराउन यो सहयोग कार्य गरिएको एन्टाका अध्यक्ष अरुण कुमार ठाकुरले बताए । ठाकुरका अनुसार संस्थाको तर्फबाट संस्थाका साथीहरु आफु सहित अभिषेक झा र परमानन्द साह सहितको बिशेष सक्रियतामा सहयोग संकलन गरिएको थियो । यसरि संकलित सहयोग सो क्षेत्रका केही स्थानीयहरूको सहयोगमा हालै वितरण गरिएको छ।