एनआरएनएनएले खडेरी पिडीत अष्ट्रेलियन किसानलाई सहयोग गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
धेरै पटक आफ्नाजनहरु दुखमा पर्दा या आफ्नो मातृभूमि दुखमा पर्दा मन फुकाएको र मनकारी सबैको सहयोगले धेरैको मुहार हँसाएको एनआरएनए अष्ट्रेलियाले यस पटक कर्मभूमि अर्थात अष्ट्रेलियामा दुख झेलीरहेका किसनहरुलाई सहयोग गर्ने हेतु सहयोग संकलन गर्दैछ । बिगत लामो समय देखि अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा असाध्यै न्यून वर्षाका कारण किसनहरु खडेरीको मारमा परेको खबरहरु मिडियामा आइरहेका छन् । यसै सन्दर्भमा हामीलाई गार्हो/अप्ठ्यारो पर्दा सधै सहयोग गर्ने अष्ट्रेलियन समुदायमा परेको यो दुखको क्षणमा सहयोगको लागि हात बढाउन  एनआरएनए अष्ट्रेलियाले सबैमा अनुरोध गरेको छ।
एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले संस्थाको तर्फबाट एक बिज्ञप्ति प्रकाशित गरि सहयोगको अपिल गरेका छन् ।  बिज्ञप्तिका अनुसार संकलित सहयोग वेल्गेट शायिर काउन्सिल एनएसडब्लु वा खडेरी किसानको सहयोगमा काम गरिरहेका संस्था मार्फत पिडित किसन सम्म पुराइनेछ। सहयोगको लागि निम्न खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ।
Account Name: NRNA Charity Account
BSB: 032078
Account Number: 629083
Description: Support for Drought