चेलीहरुले मनाए परोपकारी तीज 

नारी निकुञ्जको तिज कार्यक्रम सम्पन्न  
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नारी निकुञ्ज अष्ट्रेलियाको तिज कार्यक्रम सम्पन्न
सिड्नी, अस्ट्रेलिया । संस्कृतिक रुपमा अभिन्न अंग बनेका हाम्रा धेरै चाड-पर्ब संस्कृतिक महत्व र मनोरन्जन त छदै छन् त्यसमा अलिकति परोपकारीता मिसाउँदा सहभागी संगै अरु धेरैको मुहारमा मुस्कान आउन सक्छ भन्ने सशक्त उदाहरण सहित सधैका बर्षहरुमा जस्तै यस पटक पनि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरम नारी निकुञ्ज अष्ट्रेलिया एनएसडब्लु राज्य समितिले तीज कार्यक्रम उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ । गत ११ अगस्तका साँझ सम्पन्न उक्त कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए, र आफु सहभागी हुदै गर्दा सहभागीता शुल्कको केहि रकम परोपकारी कार्यको लागि पनि जोडे ।  विविध सांस्कृतिक प्रस्तुतिहरु सहितको उक्त कार्यक्रमकी प्रमुख आकर्षण रहेकी चर्चित गायिका माण्डबि त्रिपाठीले खचाखच भरिएको सांगीतिक साँझमा आमा, छोरी र नातिनी तिनै पुस्ताका महिलाहरुलाई छमछम नचाएकी थिइन् । गायिका त्रिपाठीले बिशेष गरी तीजको उपलक्ष्यमा गाउने नयाँ नयाँ शैली र स्वादका गीतहरु गायकी थिईन भने स्थानीय दिदि बैनीका बिबिध संस्कृतिक प्रहसन र बिबिध फेशन शो लगाएतले कार्यक्रमको मिठास थपेको थियो।
कार्यक्रमको उद्घाटन सत्र र औपचारिक कार्यक्रममा  नेपाली समुदायका मिडियाकर्मीहरु, बिभिन्न संघसस्थाका सदस्य हरु लगायत एनआरएनएको तर्फबाट आईसीसी सदस्यहरू जानकी पौडेल, उषाकिरण बरिया पोखरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, सचिव देव गुरूङ लगायतको उपस्थिति थियो। नारी निकुन्ज अष्ट्रेलियाकी सचिव मोनी लिम्बु र सदस्य मनिता खरेलले संचालन गरेको उक्त कार्यक्रममा नारी निकुञ्ज न्यूसाउथ वेल्सकी संयोजक सन्ध्या शाहले उपस्थित सबैलाई स्वागत गर्दै यस परोपकारी कार्यक्रमबाट उठेको रकम विगतमा संस्थाले गर्दै आइरहेको कार्यलाई निरन्तरता दिने बताइन  त्यसै गरि नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले हाम्रो परम्परालाई निरन्तरता दिदै परोपकारी कार्यक्रममा सहभागी सबैलाई धन्यवाद बयक्त गरेकी थिइन्।