वादी समुदायको विरोध

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जुलाइ २० देखि प्रदर्शन भैरहेको नेपाली फिल्म ‘पण्डित बाजेको लौरी’ को प्रदर्शन तत्काल रोक्न राष्ट्रिय वादी परिषदले चेतावनी दिएको छ । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै परिषदले फिल्ममा वादी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ तथा विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ । परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । ‘पण्डित बाजेको लौरी’ तत्काल संशोधन नभए विभेदको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी परिषदका सदस्यहरुले दिएका छन् । दिपक ओली निर्देशित उक्त फिल्ममा तल्लो जात भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबीचको सम्बन्धलाई देखाइएको छ ।