दर्शकले रुचाए बोबी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नर्वेमा बसोबास गर्ने एउटा दम्पत्तिको वास्तविक प्रेम कथामा आधारित नेपाली फिल्म ‘बोबी’ लाई नेपालका दर्शकले रुचाएका छन् । सिंगल थिएटरमा खासै नचले पनि उक्त फिल्मले काठमाडौंका मल्टिप्लेक्समा भने दर्शकको राम्रो साथ पाए । फिल्ममा उमेश थापा तथा कविता गुरुङले नै मुख्य भूमिका निर्वाह गरेका छन्, जहाँ उमेर कविताकै प्रेमदेखि विवाहसम्मका रोचक प्रसंगहरु समावेश गरिएका छन् । देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको तेस्रो साता पुग्नै लाग्दा बोबीलाई विकडेमा समेत पा“च वटा शो दिएको थियो । मल्टिप्लेक्सका प्रायः सबै शोहरु हाउसफूल भैरहेको फिल्मका निर्देश्ँक मिलन चाम्सले बताएका छन् । जुलाइ १३ मा प्रदर्शन भएको उक्त फिल्म सिनेमा हलमा चलिरहेको बेला त्यही मितिमा प्रदर्शन भएका बाबु कान्छा, यो पागल मन तथा विरांगना भने सिनेमा हलबाट उत्रिसकेका छन् । बोबीले भने काठमाडौंसहित चितवन, पोखरा, धरान, इटहरी तथा दमकमा समेत उत्साहजनक व्यवसाय गरेको छ ।