क्रोमलाई टक्कर दिँदै मोजिला

पछिल्ला केही वर्षदेखि एउटा ब्राउजरले इन्टरनेटमा राज गरिरहेको छ, त्यो हो गुगल क्रोम । तर अब यसलाई टक्कर दिन फायरफक्स आएको छ । फायरफक्स कुनै नौलो नाम होइन । यसलाई सन् २००२ मा पहिलो पटक फ्रि र ओपन सोर्स ब्राउजरको रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिल्ला फाउन्डेशनले डेभलप गरेको हो, जसको वेबसाइटले ‘इन्टरनेटसम्म सबैको पहुँच बनाउने ग्यारेन्टी दिने फ्रि सफ्टवेयर बनाउनका लागि प्रतिबद्ध’ भएको बताउँछ । जब सन् २००८ मा क्रोम लञ्च भयो तब बिस्तारै यसले अन्य ब्राउजर्सको स्थान ओगट्न थाल्यो । आँकडा प्रदान गर्ने पोर्टल www.statista.com का अनुसार यस वर्षको मेसम्म ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोमबाट आएको । अन्य ब्राउजर्स निकै पछाडि छन् । ११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर र ५ प्रतिशत सफारीबाट आउ“छ । तर मोजिल्लाले गत वर्षको अन्त्यमा फायरफक्स क्वान्टम जारी गर्यो, जसको महिनैपिच्छे फलोअर्स बढिरहेको बताइएको छ । विशेषज्ञका अनुसार तीन यस्ता कारण छन् जसको आधारमा भन्न सकिन्छ कि फायरफक्स क्वान्टम गुगल क्रोमलाई टक्कर दिनका लागि तयार छ । प्राइभेसी, स्पिड तथा डाटा कम खपत हुने भएकाले आगामी दिनमा मोजिल्लाले क्रोमलाई टक्कर दिन सक्ने अनुमान गरिएको हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...