क्रोमलाई टक्कर दिँदै मोजिला

पछिल्ला केही वर्षदेखि एउटा ब्राउजरले इन्टरनेटमा राज गरिरहेको छ, त्यो हो गुगल क्रोम । तर अब यसलाई टक्कर दिन फायरफक्स आएको छ । फायरफक्स कुनै नौलो नाम होइन । यसलाई सन् २००२ मा पहिलो पटक फ्रि र ओपन सोर्स ब्राउजरको रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिल्ला फाउन्डेशनले डेभलप गरेको हो, जसको वेबसाइटले ‘इन्टरनेटसम्म सबैको पहुँच बनाउने ग्यारेन्टी दिने फ्रि सफ्टवेयर बनाउनका लागि प्रतिबद्ध’ भएको बताउँछ । जब सन् २००८ मा क्रोम लञ्च भयो तब बिस्तारै यसले अन्य ब्राउजर्सको स्थान ओगट्न थाल्यो । आँकडा प्रदान गर्ने पोर्टल www.statista.com का अनुसार यस वर्षको मेसम्म ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोमबाट आएको । अन्य ब्राउजर्स निकै पछाडि छन् । ११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर र ५ प्रतिशत सफारीबाट आउ“छ । तर मोजिल्लाले गत वर्षको अन्त्यमा फायरफक्स क्वान्टम जारी गर्यो, जसको महिनैपिच्छे फलोअर्स बढिरहेको बताइएको छ । विशेषज्ञका अनुसार तीन यस्ता कारण छन् जसको आधारमा भन्न सकिन्छ कि फायरफक्स क्वान्टम गुगल क्रोमलाई टक्कर दिनका लागि तयार छ । प्राइभेसी, स्पिड तथा डाटा कम खपत हुने भएकाले आगामी दिनमा मोजिल्लाले क्रोमलाई टक्कर दिन सक्ने अनुमान गरिएको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...