फेसबुकको जवाफ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

क्याम्ब्रिज एनालिटिका डेटा लिक विवादपछि उब्जिएका प्रश्नमाथि फेसबुकले अमेरिकी संसदको उच्च सदन यूएस सिनेटलाई जवाफ दिएको छ । जसमा फेसबुकले प्रयोगकर्ताको नीजि जानकारी, रुचीको विषय जान्नका लागि कम्प्युटरको किबोर्ड तथा माउसको गतिविधीसमेतमा निगरानी गर्दछ । अर्थात, यदि तपाईंको कम्प्युटरमा फेसबुक लगइन छ भने तपाईंको हरेक क्लिक र किबोर्डको हरेक प्रयोगको खबर फेसबुकसम्म पुग्छ । यो जानकारीमार्फत फेसबुकले प्रयोगकर्ता कस्तो प्रकारको कन्टेन्टमा कतिबेरसम्म अडिन्छ भन्ने पत्ता लगाएर ती प्रयोगकर्तालाई विज्ञापन सम्प्रेषण गर्ने गर्दछ । फेसबुकले चार सय ५४ पानामा दुई हजार प्रश्नको जवाफ दिएको हो । क्याम्ब्रिज एनालिटिका डेटा लिकपछि फेसबुकको प्राइभेसी पोलिसीमाथि लगातार प्रश्न तेर्साइएको छ । यूएस सिनेटमा फेसबुकका सिइओ मार्क जुकरवर्गमाथि प्रश्न सोधिएको थियो । केही प्रश्नको तत्काल उत्तर दिइएको थियो भने केहीका लागि जुकरवर्गलाई समय दिइएको थियो । त्यस्ता दुई हजार प्रश्न सोधिएको थियो । फेसबुकले चार सय ५४ पानामा दुई हजार प्रश्नको जवाफ दिएको थियो ।