नोकियाको नयाँ फोन

हालै सार्वजनिक भएको नोकिया एक्ससिक्सको पहिलो बिक्रि चीनमा भयो । उक्त सेलमा नोकियो एक्ससिक्स मोबाइल १० सेकेन्डभन्दा कम समयमा आउट अफ स्टक भएको कम्पनीले बताएको छ । रिपोर्टका अनुसार उक्त फोनका लागि सात लाख मानिसहरुले रजिस्ट्रेशन गरेका थिए । फोनलाई Jd.com,Suning.com तथा Tmlla.com मा उपलब्ध गराइएको थियो । उक्त फोनको दोस्रो सेल मे ३० मा गरिएको थियो । दोस्रो सेलमा पनि फोनको बिक्रि उस्तै रहेको कम्पनिले जनाएको छ । मिडिया रिपोर्ट अनुसार कम्पनीले यो फोनलाई चा“डै नै चीनबाहिर लञ्च गर्ने योजना बनाएको छ । चीनमा नोकिया एक्ससिक्सको चार जीबीको मूल्य १,२९९ युआन तोकिएको छ जुन करिव २ सय अष्ट्रेलियन डलर पर्दछ । यस्तै, ३२ जीबीको १,४९९ युआन (२ सय ५० डलर) तोकिएको छ । दुई वटा सिम राख्न मिल्ने नोकिया एक्ससिक्स नोकियामा एन्ड्रोइडको लेटेस्ट भर्जन ८.१ ओरियो यसमा छ । यसमा ५.८ इन्चको फूल एचडी डिस्प्ले छ, जसमा २.५ गोरिल्ला ग्लास थ्री प्रोटेक्सनका लागि दिइएको छ । यसलाई डुअल रियर क्यामरास“ग लञ्च गरिएको छ । साथै यसमा आर्टि्फिशियल इन्टेलिजेन्स र एचडिआरको विशेषता पनि छ । फोनमा १६ एमपी र ५ एमपीको डुअल रियर क्यामरा दिइएको छ । यसका साथै यसमा १६ मेगापिक्सलको सेकेन्डरी क्यामरा पनि छ । यसमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि एआई फिचर पनि दिइएको छ । फोनमा अक्टाकोर स्न्यापड्र्यागनको टघट क्यऋ प्रोसेसर पनि छ । कम्पनीले फोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने दाबी गरेको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...