प्रकाण्डलाई संगठित अपराधको मुद्दा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पुर्व मन्त्री खड्बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्यादसहित अनुसन्धानका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई अनुमति दिएको छ । चार दिनअघि सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका विश्वकर्मालाई अदालतले प्रहरीले मागेअनुसारकै म्याद दिएको हो ।
यसअघि पनि उक्त पार्टीका दुई जना पोलिटब्युरो सदस्य एउटै अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन् । उनका अनुसार उनीहरुको म्याद पनि आज सोमबार थप्नुपर्ने भएकाले विकलाई पनि एउटै म्यादभित्र समायोजन गर्ने गरी उक्त म्याद मागिएको हो ।
यसैबीच प्रकाण्डमाथि तिन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले बताएका छन् ।
प्रहरीले विश्वकर्मालाई जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ६ चौकीडाँडा स्थित कुन्साङ्ग लामा तथा उनको समुहले संचालन गरेको क्रसर उद्योगमा ६० र ७० जनाको अपरिचित नकाब लगाएको समुहले टिपर र स्काभेटर समेतमा आगजनी गरी ३ करोड बराबरको क्षति पुर्याएको र सोहि स्थानमा कुकर बम समेत फेला पारेको अभियोग लगाएको छ । विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्गको क्रसर आगलागीबाट १० करोड भन्दा धेरै क्षति भएको उल्लेख गरिएको प्रहरीले मुचुल्का तयार गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...