बिति जाने…भन्दै गाए गायक हिमाल श्रेष्ठ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायक हिमाल श्रेष्ठ आफ्नो नयाँ गीत ‘तिमी जाने…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । केही समयअघि सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जितिरहेको छ । उक्त यूगल गीतमा गायक श्रेष्ठलाई गायिका शशि रावलले गायनमा साथ दिएकी छिन् ।
पछिल्लो समय गायनका साथै मोडलिङमा समेत सक्रिय हुादै आएका गायक श्रेष्ठले तिमी जाने गीतको म्युजिक भिडियोमा समेत आफैंले अभिनय गरेका छन् । अभिनयमा उनलाई मोडल सुसिमता केसीले साथ दिएकी छिन् भिढियोमा हिमाल र अस्मिताको जोडी आकर्षक देखिएको छ ।
सुरेश राईको शब्द तथा संगीतको उक्त गीतमा र्‍यापर बिन श्रेष्ठको संगीत संयोजन छ ।
चलचित्र निर्देशक प्रसन्न पौडेलले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोमा पोखरा तथा वरपरका आकर्षक लोकेशनहरु कैद गरिएका छन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको उक्त भिडियोलाई टेकेन्ऽ शाहले सम्पादन गरेका हुन् ।

यस्तो छ तिमी जानेको म्युजिक भिडियो