अहिलेसम्मकै महंगो म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरुको नया“ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वरको उक्त गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देश्ँन गरेका छन् । भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् । झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैया“ लगानी गरिएको बताइन्छ । मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।
भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्रँफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।
यस्तो छ आदत–२ को म्युजिक भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...