बिमस्टेकको सुरक्षा तयारी पुरा

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनको सुरक्षाका लागि चार वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
बिमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनलाई ध्यान दिंदै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
बिमस्टेकको सम्मेलनस्थल होटल सोल्टीमा अहिलेदेखि नै सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने काठमाडौं उपत्यकाको सुरक्षा ब्यवस्था हिजो सोमबार बिहानदेखि कडा बनाइएको छ ।
सम्मेलन सुरक्षाको ‘फ्रन्ट लाइनमा सेना खटिदैछ, जसले सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दैछ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ ।
बिमस्टककै लागि नेपाल प्रहरीबाट करिव ९ हजार, सशस्त्र बलका ३ हजार ५ सय र राष्ट्रिय अनुसन्धान बिभागका ५ सय भन्दा बढी सुरक्षा अधिकारी खटिने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सम्मेलनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिमानस्थल हुँदै ओहोर–दोहोर गर्ने यात्रुहरुको निगरानी पनि बढाइएको छ । बिमानस्थलमा अनावश्यक भिडभाड नहोस भन्ने अभिप्रायले बिमानस्थल प्रवेश गर्ने मुख्य गेटबाटै यात्रुलाई मात्र बिमानस्थल प्रवेश गर्न दिइएको बिमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सम्मेलनमा आफ्नो मुलुकको नेतृत्व गदै आउने म्यानमारका राष्ट्र प्रमुख विन मिन्ट र श्रीलंकाकी राष्ट्रपति मैथ्रीपाला सिरिसेना सहित अन्य पाहुनाले बुद्धको जन्मस्थल लुम्विनीको समेत भ्रमण गर्ने निधो भएपछि उक्त क्षेत्रको सुरक्षाको निगरानी बढाइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...