प्रदेश-३ सरकारले नै सुरुङमार्ग बनाउने

काठमाडौं– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं–कुलेखानी सुरुङु मार्ग प्रदेश सरकारले निर्माण गर्ने बताएका छन् । उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सन् २०१२ मै सरकारसँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट पारे ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न पाँच करोड रुपैयाँ बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजना अन्तर्गत राखेर द्रुत गतिमा काम अघि बढाउने बताए ।
पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँग सन् २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसँग प्रदेश सरकारले अनुरोध गरेको छ।
हालसम्म कम्पनीले कामको डोबसम्म नलगाएको बताउँदै मुख्यमन्त्री पौडेलले भने-‘अब उसले केही गर्न सक्छ भन्ने आश छैन, खरबौं रकम व्यक्तिको कम्पनीमा जमानी राखेर सरकारले काम गराउन सक्दैन तर हामीलाई उक्त मार्ग जसरी पनि बनाउनु छ, त्यसैले यसको जिम्मा प्रदेश सरकार आफैँले लिन्छ ।’
सर्वसाधारणले सुरुङमार्ग निर्माणका लागि लाखौं रुपैयाँ कम्पनीलाई बुझाएकाले अब जनताले उक्त रकम खोई भनी खोज्ने बेला आएको मुख्यमन्त्री पौडेलले बताए।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...