बिम्स्टेक सम्मेलनका लागि विद्यालय विदा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सरकारले बिम्स्टेक सम्मेलनको अवसरमा काठमाडौं उपत्यकाका शिक्षण संस्थामा २ दिन बिदा दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा अगष्ट ३० तथा ३१ का दिन काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।
‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उद्देश्यले दुई दिन काठमाडौंका शिक्षण संस्था स्थानीय सरकारमार्फत् बन्द गराउन आग्रह गरिएको’ मन्त्रालयबाट जारी सूचनामा भनिएको छ ।
यसका साथै, आज बुधबारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारीमा जोड विजोड प्रणालीमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र सूचना विभागको कार्ड भएका सञ्चारकर्मीलाई भने जोर विजोड प्रणाली लागू हुने छैन।