भारतीय प्रधानमन्त्री मोदीले पशुपतिमा विशेष पूजा गर्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– बिमस्टेक सम्मेलनमा सहभागी हुन भोलि बिहिबार नेपाल आउनु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा बिषेश पुजा गर्नु हुने भएको छ । भोलि बिहान ९ बजे काठमाडौ आइपुग्ने प्रधानमन्त्री मोदी त्रिभुवन त्रिभुवन बिमानस्थलबाट सोझै पशुपतिनाथ मन्दिरमा पुगेर बिषेश पुजा गर्नु हुने भएको हो ।
प्रधानमन्त्री मोदीको पुजाका लागि पशुपति विकास कोषले बिषेश ब्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको पुजा अवधीभर सर्वसाधानरणलाई पशुपतिमा प्रवेश निषेध गर्ने भएको छ ।
बिहिबार बिहान बिषेश बिमानबाट नेपाल आउनुहुने मोदीले आफ्नो भ्रमण टोलीलाई पनि पुजामा सरिक गराउनु हुने भएको छ ।
नेपालस्थित भारतीय दुतावासले पशुपतिमा बिषेश पुजाको तयारीका लागि भारतीय सुरक्षा बलका एक डिआईजीलाई बुधबारदेखि नै पशुपति क्षेत्रको रेकिका लागि खटाएको बताइन्छ ।