राष्ट्रपतिको दिवा भोजपछि बिमस्टेक सम्मेलन प्रारम्भ हुने
अपरान्ह ४ बजेदेखि सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु हुने

काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका सबै शीर्ष पाहुनालाई राष्ट्रपति विद्या भण्डारीले दिवा भोज दिनु भएको छ । उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरिसकेका छन् ।
बिमस्टेक शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाली राष्ट्रपति मैत्रीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुकका लागि राष्ट्रपति भण्डारीले शीतल निवासमा दिवाभोज आयोजना गर्नु भएको हो ।
दिवा भोजअघि नेपालसहित सात वटै राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग राष्ट्रपतिले संक्षिप्त बैठक गर्ने कार्यक्रम छ । उक्त संक्षिप्त बैठकमा राष्ट्रपतिले सबै शीर्ष पाहुनाहरुलाई स्वागत गर्नुका साथै बिमस्टेक शिखर सम्मेलन सफलताको शुभकामना दिने कार्यक्रम छ ।
बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले आयोजना गर्ने बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि हुनु हुनेछ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र चिफ अफ प्रोटोकल दीपक अधिकारी सहभागी हुनेछन् ।
शीर्ष पाहुनाहरुसँगको बैठक सकिएलगत्तै राष्ट्रपति कार्यालय परिसरभित्रै आयोजना गरिएको दिवाभोजमा अन्य पाहुनाहरुलाई पनि निमन्त्रणा दिइएको छ । तिनमा राष्ट्राध्यक्ष र सरकार प्रमुखका श्रीमान् वा श्रीमति, परराष्ट्रमन्त्री मात्र छन् ।
राष्ट्रपति र शीर्ष पाहुनाहरुबीचको बैठक करिव आधा घण्टाको हुनेछ भने त्यसपछि दिवाभोज सुरु हुनेछ । बैठक र दिवाभोजको कार्यक्रम सकिएपछि अपरान्ह ४ बजेदेखि कालिमाटीस्थित सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...