ओसेनिया बिज्ञ सम्मेलन हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
आगामी सेप्टेम्बर १५ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) ओसेनियाको आयोजनामा यस क्षेत्रको प्रथम ओसेनिया बिज्ञ सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ ।  एनआरएनए ओसेनियाले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा असियाना क्षेत्रका संयोजक धर्मराज अधिकारी, क्षेत्रीय युवा उपसंयोजक ऋषि अधिकारी, आइसीसी सदस्यहरु जानकी पौडेल, दिपक भट्टराई, बबिता श्रेष्ठ, उषा बारिया पोखरेल, होम पाण्डे, दिनेश राज जोशी लागयत स्थानीय मिडियाकर्मीहरुको उपस्थित थियो।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उक्त विज्ञ सम्मेलनमा कृषी तथा खाद्य सुरक्षा, पुर्वाधार निमार्ण तथा रेलवे, सुरूङ मार्ग, स्वास्थ तथा शिक्षाजस्ता विषयमा छलफल र निचोड निकाल्न जोड दिइनेछ र यसलाई काठमाण्डौमा हुने बिश्व सम्मेलन मार्फत नेपाल सरकार सम्म पुराईनेछ। यी बाहेक पनि नेपाललाई फाइदा हुने अरु कुनै बिषय बस्तु आएको खण्डमा पनि ति बिषय बस्तुलाई समेत समेट्न सकिने र यसका लागि आआफ्नो क्षेत्रमा बिज्ञता हासिल गरेका बिज्ञहरु संग कार्यपत्र माग गरिसकिएको छ।
पत्रकार सम्मेलनमा एनआरएनए ओसेनियाका संयोजक धर्मराज अधिकारीले नेपालमा अक्टोबर १३ र १४ मा हुने एनआरएनएको विश्व बिज्ञ सम्मेलनको पुर्ब सन्ध्यामा हुने यस ओसेनियाको बिज्ञ सम्मेलनले यस क्षेत्रमा नेपालीले गरेको बिज्ञताहरु राष्ट्रिय महत्वको हुने कारण पनि यो निक्कै महत्व हुने बताए।
सिड्नीको डार्लिङ्ग हर्बरको पार्क रोयल होटेलमा सेप्टेम्बर १५ मा दिउसो २ बजे देखि १० बजे सम्म उक्त बिज्ञ सम्मेलनमा सहभागिता हुनका लागि एनआरएनएका प्रतिनिधिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
ओसियाना क्षेत्रमा अस्ट्रेलिया, न्यूजिल्यान्ड, फीजी र पपुवा न्युगीनीजस्ता राष्ट्रहरुमा एनआरएनएका शाखाहरु बिस्तार भएको छन् र थुप्रै ठाउँमा उच्च अहोदामा एनआरएनहरु कार्यरत छन्।