दोस्रो सत्रमा बिमस्टेक सम्मेलन

काठमाडौं– हिजो बिहिबारदेखि काठमडौंमा प्रारम्भ भएको चौथो प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज दोस्रो सत्र प्रारम्भ भएको छ । आज संस्थाले गरेका कामबारे प्रगति विवरण पेश गर्ने तथा संयुक्त घोषणापत्र जारी गरेपछि समापन हुने छ ।
सम्मलेनको दोस्रो सत्र केहीबेर अघि प्रारम्भ भइसकेको छ । अबको केही बेरमा घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दोस्रो सत्रको प्रारम्भ बिमस्टेकको १६ औं मन्त्रिस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेका छन् ।
त्यस्तै बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महासचिवको प्रतिवेदनपछि बिमस्टेक सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनको अन्त्यमा चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम राखिएको छ ।
तालिका अनुसार मध्यान्ह १२ बजे काठमाडौं घोषणा पत्र जारी गर्दै चौथो बिमस्टेक सम्मेलन समापन हुनेछ । मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ । त्यसअघि नेपालले बिमस्टेको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्नेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...