यचुश्रीलाई किड क्विन नेपाल-२०१८ को क्राउन

काठमाडौं– नेप्लीज फेसन होमले आयोजना गरेको १६ औं संस्करणको ‘किड क्विन नेपाल–२०१८’ को क्राउन वानेश्वरकी यचुश्री श्रेष्ठको शीरमा सजिएको छ ।
काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा यचुश्रीले प्रतिस्पर्धि १५ जना बालिका तथा किशोरीहरुलाई पछि पार्दै दश हजार रुपैयाँ राशीको उपाधिसहित विभिन्न पुरस्कारहरु प्राप्त गरिन् । जेम्स स्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया यचुश्रीले पहिलो पटक प्रतिस्पर्धा गरेको प्रतियोगितामै सफलता हासिल गरेकी हुन् । आफ्नो अल राउण्डर प्रस्तुती तथा कन्फिडेन्सले नै आफूलाई विजेता बनाएको धारणा व्यक्त गर्ने यचुश्रीले भविष्यमा वकिल बन्ने लक्ष्य लिएकी छिन् ।
१६ जना बालिका तथा किशोरीहरुले भाग लिएको उक्त प्रतियोगितामा नयाँ बजारकी लूमिला जोशीले फस्ट रसर्न अपको उपाधिसहित नगद सात हजार रुपैयाँ जितिन् भने तथा स्वेना श्रेष्ठले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् ।
प्रतियोगितामा अपेक्षा शेरचनले मिस फ्रेण्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट ड्ेरेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न प्रतियोगिता किड क्विनका प्रतिस्पर्धिहरुको सामुहिक नृत्यबाट प्रारम्भ भएको थियो । नृत्य लगत्तै प्रतिस्पर्धिहरुले आ–आफ्नो परिचय दिए । उनीहरुले परिचय दिए लगत्तै निर्णायकहरुले उनीहरुलाई एक–एक वटा समसायिक विषयमा आधारित प्रश्न सोधे । निर्णायकहरुले सोधेको जिज्ञासाको उत्कृष्ट जवाफ दिने ११ जना प्रतिस्पर्धिहरु अघिल्लो चरणमा प्रवेश गरे । सेमिफाइनल चरणमा पुनस् गरिएको प्रश्नोत्तरपछि उत्कृष्ट ६ किशोरीहरु निर्णायण चरणमा प्रवेश गरे । प्रतियोगिताका मुख्य निर्णायक सञ्चारकर्मी कृष्ण भट्टराईद्वारा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै यचुश्रीले मुख्य उपाधि जितिन् ।
९ देखि १४ वर्ष उमेर समुहका प्रतिस्पर्धिहरुको उक्त प्रतियोगितामा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षेत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवास् की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन कराँते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्राफर शिवलाल श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्तुतिका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताइन् । रोजिन शाक्यले उक्त प्रतियोगितामा कोरियोग्राफी गरेका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...