अमेरिकी डलर अहिले सम्मकै महंगो

काठमाडौं– नेपालमा अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि ११५ रुपैयाँ ११ पैसा रिफरेन्स रेट तोकेको हो । नेपाली बैंकहरुले दिनभरी गरेको कारोबारका आधारमा राष्ट्र बैंकले रिफरेन्स रेट निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो । डलरको भाउ १ सय २० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो । भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो ।
१०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ । डलर उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिन्छ ।
डलर बढ्दा विदेशमा काम गर्न गएका नेपालीले रेमिटेन्स पठाउँदा उनीहरुलाई बढि फाइदा हुन्छ । दसैंको मुखमा मूल्य बढेकाले नेपालमा बजार भाउ महँगिने निश्चित छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...