भुटानमाथि नेपालको फराकिलो जीत

काठमाडौं– सुजुकी कप साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले दोस्रो खेलमा बिहिबार शानदार जित निकालेको छ । बंगलादेशको ढाकामा खेलिएको खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले हराएको हो ।
उक्त जीतसंगै नेपालले भुटानसँग नहारेको रेकर्ड यथावत राखेको छ । नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र नीराजन खड्काले गोल गरेका हुन् । यो जितले नेपालको साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने संभावना पनि बन्यो । अन्तिम खेलमा नेपालको सामना आयोजक राष्ट्र बंगलादेससँग हुनेछ ।
नेपालले २१औं मिनेटमा सुनीलको कर्नर प्रहारमा अनन्तले गोल गरेका थिए । सुनीलको प्रहार आउना वितिकै उफ्रेर हेड गर्दै अनन्तले गोल गरेका थिए । पहिलो हाफ १–० को अग्रतामा समाप्त भएको थियो । नेपाली खेलाडीले दोस्रो हाफमा भुटानमाथि दवाव बढाएका थिए । नतिजा नेपाल थप ३ गोल गर्न सफल भयो ।
७०औं मिनेटमा सुनीलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । नीराजनलाई निमा वाङदीले डिबक्समा लडाएपछि नेपाललाई पेनाल्टी हान्न अवसर मिलेको थियो । जसमा नेपालका स्टार खेलाडी विमल घर्तीमगरले पेनाल्टी हाने । तर उनको प्रहारलाई गोलकिपर छिरिङ डेन्डुपले रोके । बल रिबाउन्ड भयो र सुनीलले गोल गरेका थिए । योे उनको तेस्रो अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल पनि हो ।
भरतलाई प्रशिक्षक बालगोपाल महर्जनले ढिलो मैदानमा पठाएका थिए । तर उनले नेपालको लागि तुरुन्तै गोल पनि गरे । मैदान आएर ३ मिनेटपछि ७९औं मिनेटमा उनले गोल गरेका थिए । उनको यो करियरको १०औं अन्तर्राष्ट्रिय गोल हो । अन्तिममा नीराजनले पनि एक गोल थपे । करिब ५ वर्षको अन्तरालमा राष्ट्रिय टोलीमा स्थान पाएकोमा उनले सदुपयोग गरे । उनी ६३औं मिनेटमा विशाल राईको स्थानमा मैदान आएका थिए ।
समूह ए अन्तर्गत अर्को खेल आयोजक टिम बंगलादेसले पाकिस्तानलाई १–० ले हराएर सेमिफाइनलको स्थान सुरक्षित गरेको छ । यो नतिजासँगै बंगलादेस ६ अंकसहित अन्तिम चारमा पुग्यो । नेपाल र पाकिस्तानको समान ३र३ अंक भएकोले दुबैको लागि शनिबार हुने खेल जित्नै पर्ने भएको छ ।
नेपालले बंगलादेससँग र पाकिस्तानले भुटानसँग खेल्नेछन् । नेपालको लागि जितभन्दा तलको नतिजाले प्रतियोगिताबाट बाहिरिने संभावना हुन्छ । यसैले नेपालले बंगलादेसलाई हराउनै पर्ने चर्को दवाव भएको छ । नेपाल जितेमा पाकिस्तान र भुटानबीचको खेलको नतिजा कुर्नु पर्दैन ।
यदि बराबरी खेलेमा नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । यहाँ गोलभिन्नताले पनि नेपाललाई समूह चरण पार गराउन सक्नेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...