नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकको चार किलो भन्ने ठाउँमा ठूलो पहिरो जाँदा बाटो सोमबार रातिदेखि नै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले बताएका छन् ।
चार किलोमा राति १ बजेतिर पहिरो गएको हो । पहिरो ठूलो रहेको र पानी परिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पहिरो पन्छाउने काम सुरु भएको तर बाटो खुलाउन भने कम्तिमा दिउँसो तीन बजेसम्म लाग्ने देखिएको छ ।
सोमबार दिनभरजसो ठूलो पानी परेको तथा घुमाउनेमा पहिरो जाँदा केहीबेर बाटो अवरुद्ध भएको थियो । तर राति चार किलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउने समय लाग्ने देखिएको हो । यो बाटो भएर चल्ने गाडीलाई मंगलबारका लागि सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...