ईपिंग वलर्ट नेप्लिज कमिटीकाे तीज कार्यक्रम सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

यही आईतबार 9 सेप्टेम्बरका दिन ईपिंग वलर्ट नेप्लिज कमिटीले नेपाली महिलाहरुको बिशेष चाड तीज भव्यताका साथ सम्पन्न गरेको छ । Epping Wollert र वरिपरि समुदायमा रहेका नेपाली परिवारलाई एकै ठांउमा भेला पारी रमाईलो नाचगान र स्वादिलो दर खुवाउने कामलाई समुदायले सफलतापूर्वक सम्पन्न गर्यो। कमिटिले साप्ताहिक रुपमा संचालन गर्दै आएको नेपाली भाषा कक्षा बाल चौतारीका साना साना नानीबाबुहरुकाे नेपाली गीत नृत्यका साथमा शुरु भएको यो एकदमै पारिवारिक माहौलको जमघटमा बालबालिकाले बिभिन्न सांस्कृतिक पहिरन लगाएर फेशन शो पनि प्रस्तुत गरेका थिए। यसै दिन परेको बुबाको मुख हेर्ने दिनलाई सम्झदै उपस्थित सबै बुबाहरुले संयुक्त रुपमा केक काटेर छोराछोरीहरुसंग रमाईलो गर्दै मनाए। मेलामा कमिटीका अध्यक्ष हरि खड्काले सबैलाई स्वागत गर्नुभएको थियो । मेलामा यस मेलबर्नको उत्तरी भेगमा बस्ने करिब 300 जनाको सहभागिता रहेको थियो। Epping र Wollert मा पछिल्लो समयमा नेपालीहरुको बसोबास बाक्लिँदै गएको छ कमिटिले आगामी दिनमा पनि बिबिधखालका पारिवारिक र सांस्कृतिक कार्यक्रम अगाडि बढाउंदै लाने बताएको छ ।