वेष्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीको क्लबको पुनर्गठन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
वेष्टर्न सिड्नी विश्वाबिद्यालयमा अध्ययनरत नेपाली  विद्यार्थी क्लबको पुनर्गठन गरिएको छ । नेपाली कला र मौलिकतालाई अझै प्रभावकरी ढंगमा सबै समुदायका विद्यार्थी सामु चिनाउने उद्देश्यका साथ वर्तमान कार्यकारी समितीद्वारा सो पुनर्गठन सम्पन्न गरिएको छ। नयाँ कार्यकारी समितिको विभिन्न पदाधीकारीहरु निम्न प्रकार रहेको कल्बले जनाएको छ, अध्यक्ष – रिचा शर्मा अर्याल, सचिव – सुनिल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर – यशोधा ढकाल, ईभेन्ट सन्योजक – करुना राउत, प्रविधिक सन्योजक – सुजित गुरुवाचार्य, मार्केटिङ अफिसर – रुबी अधिकारि, कम्युनिकेसन अफिसर – चँ।दनी   थापा र् सल्लाहकारहरु  – दिव्य श्री छेत्री र लिलाधर सिग्देल ।
युवा उर्जाले भरिएको नेपाली विद्यार्थी क्लब सेप्टेम्बरमा  वेष्टर्न सिड्नी विश्वाबिद्यालयमामा अायोजित हुने ‘Diversity Fest २०१८’ को तयारीमा हाल ब्यस्त छ । नेपाली युवालाई टेवा पुराउने उदेश्यसाथ यो क्लबले आगामी दिनहरुमा विभिन्न कार्यक्रम आयोजना गर्ने अठोट लिएको छ । विश्वविध्यालयमा पढेका सिद्धान्तहरुलाई सही रुपमा ब्यवहाँरमा उतार्ने यो क्लबको प्राथमिकता रहेको छ । यस विश्वाबिद्यालयमा पढ्दै गरेका नेपाली विद्यार्थीहरुलाइ क्ल्बसँग जोडिनुहुन क्लबको हार्दिक अनुरोध छ । जसको लागि कल्ब फेसबुक पेज ( https://www.facebook.com/NepaliUWS ) मार्फत सम्पर्क स्थापना गर्न सकिनेछ।