अमेरिकामा रेकर्ड गरिएका गीतहरुको एल्बम काठमाडौंमा सार्वजनिक

काठमाडौं– खालिङ राई भाषाका बाल गीतहरुको संग्रह ‘रोख्तोकोम्’ (इन्द्रेणी) काठमाडौंमा लोकार्पण गरिएको छ । पेन ड्राइभ तथा सिडीमा तयार पारिएको उक्त संग्रहलाई वरिष्ठ संगीतकार शान्तिराम राई, किरात खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन खालिङ राई, माप्य दुधकोशी गाउँ पालिकाका प्रमुख बुद्धिकिरण खालिङ राई सहितका व्यक्तित्वले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्यसमिति, काठमाडौंले आयोजना गरेको सांगीतिक समारोहमा विमोचित एल्बमका गीतका झलकहरु समेत प्रस्तुत गरिएको थियो ।
अमेरिकामा रहेका संगीतकार पविधन खालिङको शब्द तथा संगीतमा उक्त एल्बममा सात वटा गीत तथा चार वटा ट्रयाक समावेश छन् । अमेरिकामै सञ्चालनमा रहेको सुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका एल्बमका गीतहरुमा संगीतकार खालिङले नै संगीत संयोजन गरेका छन् । एल्बमका गीतमा प्रियंका खालिङ राई, यसोदा खालिङ राई, प्रतिक खालिङ राई तथा पविधन खालिङ राईका स्वर सुन्न सकिन्छ ।
‘आफ्नो जाती र राष्ट्रको स्वाभिमान र अस्तित्व बचाउने यो यूगमा जन्मिएका सम्पूर्ण नानीहरुमा समर्पित’ भनिएको उक्त एल्बमका रोक्तोकोम्, छ्याम्पुलेम्, झुङ् कैल्य, कम्बी उङ् आदि बोलका गीतहरु समावेश छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...