प्रधानमन्त्री अमेरिका जाने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं-संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्नु हुने भएको छ । प्रधानमन्त्री ओली यही सेप्टेम्बर २२ का दिन अमेरिका जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर त्यसतर्फ जाने जनाएको छ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा सेप्टेम्बर १८ देखि प्रारम्भ भएको छ ।
बैठकलाई विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्ने कार्यक्रम छ ।