आज संविधान दिवस
कतै दिपावली, कतै विरोध

काठमाडौं– सरकारले आज असोज ३ गतेलाई राष्ट्रिय दिवस ९संविधान दिवस० को रुपमा मनाउँदैछ । तीन वर्षअघि आजैको दिन देशले नयाँ संविधान पाएको थियो । सरकारले संविधान दिवसको अवसरमा दिपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । त्यसैगरी संविधान दिवसको अवसरमा संघीय संसदले लोकतन्त्र मेलाको आयोजना गर्दैछ । असोज ४, ५ र ६ गते काठमाडौं हुने मेलामा विभिन्न विषयमा गोष्ठी, अन्तरक्रिया तथा प्रदर्शनीको कार्यक्रम राखिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विद्यायन व्यवस्थापन समिति मेलाको आयोजकको रुपमा देखा परेको छ ।
सरकारले आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने तयारी गरिरहेकै बेला संविधान घोेषणादेखि नै अपनत्व ग्रहण नगरेका केही आदिवासी, जनजाति तथा मधेशी दलहरुले ‘कालो दिवस’ को रुपमा मनाउने तयारी गरेका छन् ।
संविधान जारी हुँदादेखि नै त्यसप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी र आदिवासी जनजातिहरुले चौथो संविधान दिवस पनि ‘कालो दिवस’ को रुपमा मनाउने तयारी गरेका हुन् । सरकारमा सहभागी दल संघीय समाजवादी फोरम र समर्थन गरेको दल राष्ट्रिय जनता पार्टीले संविधान दिवस वहिष्कार गर्ने निर्णय गरिसकेको छ । राजपाले आज बुधबार दिउँसो विभिन्न स्थानमा विरोध जुलुस तथा विरोध सभाको आयोजना गर्ने भएको छ । त्यसै गरी साँँझ सात बजेदेखि सवा सात बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने घोषणा गरेको छ ।
संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालले भने प्रदेश २ मा मात्र विरोधको कार्यक्रम गर्दैछ । फोरमको प्रदेश २ समितिको निर्णय अनुसार असोज तीन गते बिहानदेखि कालो पट्टी बाँधेर विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएको छ भने विभिन्न स्थानमा कालो झन्डा प्रर्दशन गर्ने तयारी गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघले पनि संविधान दिवस नमनाउने निर्णय गरेको छ । कार्यक्रम गर्न परे संविधान दिवसको विरोधमा कार्यक्रम गर्न पनि महासंघले पनि आफ्नो मातहतका संगठनलाई निर्देशन दिएको छ । काठमाडौंम हुने विशेष समारोहमा भाग लिन गृह मन्त्रालयले आग्रह गरेपनि नेपाल आदिवासी जनजाति महासंघले त्यसमा सहभागी नहुने घोषणा गरेको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...