आज संविधान दिवस
कतै दिपावली, कतै विरोध

काठमाडौं– सरकारले आज असोज ३ गतेलाई राष्ट्रिय दिवस ९संविधान दिवस० को रुपमा मनाउँदैछ । तीन वर्षअघि आजैको दिन देशले नयाँ संविधान पाएको थियो । सरकारले संविधान दिवसको अवसरमा दिपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । त्यसैगरी संविधान दिवसको अवसरमा संघीय संसदले लोकतन्त्र मेलाको आयोजना गर्दैछ । असोज ४, ५ र ६ गते काठमाडौं हुने मेलामा विभिन्न विषयमा गोष्ठी, अन्तरक्रिया तथा प्रदर्शनीको कार्यक्रम राखिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विद्यायन व्यवस्थापन समिति मेलाको आयोजकको रुपमा देखा परेको छ ।
सरकारले आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने तयारी गरिरहेकै बेला संविधान घोेषणादेखि नै अपनत्व ग्रहण नगरेका केही आदिवासी, जनजाति तथा मधेशी दलहरुले ‘कालो दिवस’ को रुपमा मनाउने तयारी गरेका छन् ।
संविधान जारी हुँदादेखि नै त्यसप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी र आदिवासी जनजातिहरुले चौथो संविधान दिवस पनि ‘कालो दिवस’ को रुपमा मनाउने तयारी गरेका हुन् । सरकारमा सहभागी दल संघीय समाजवादी फोरम र समर्थन गरेको दल राष्ट्रिय जनता पार्टीले संविधान दिवस वहिष्कार गर्ने निर्णय गरिसकेको छ । राजपाले आज बुधबार दिउँसो विभिन्न स्थानमा विरोध जुलुस तथा विरोध सभाको आयोजना गर्ने भएको छ । त्यसै गरी साँँझ सात बजेदेखि सवा सात बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने घोषणा गरेको छ ।
संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालले भने प्रदेश २ मा मात्र विरोधको कार्यक्रम गर्दैछ । फोरमको प्रदेश २ समितिको निर्णय अनुसार असोज तीन गते बिहानदेखि कालो पट्टी बाँधेर विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएको छ भने विभिन्न स्थानमा कालो झन्डा प्रर्दशन गर्ने तयारी गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघले पनि संविधान दिवस नमनाउने निर्णय गरेको छ । कार्यक्रम गर्न परे संविधान दिवसको विरोधमा कार्यक्रम गर्न पनि महासंघले पनि आफ्नो मातहतका संगठनलाई निर्देशन दिएको छ । काठमाडौंम हुने विशेष समारोहमा भाग लिन गृह मन्त्रालयले आग्रह गरेपनि नेपाल आदिवासी जनजाति महासंघले त्यसमा सहभागी नहुने घोषणा गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...