रोकियो अग्रिम टिकट बुकिङ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ– नजिकिँदै गएको महान चाड दसैंका लागि काठमाडौंबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ आज असोज ५ गतेदेखि हुने भनिए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उक्त निर्णयलाई स्थगित गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ आजदे िनगर्ने घोषणा गरेको छ ।
नेपाल आयाल निगमले केहिदिन अघि मात्र इन्धनको मूल्य बृद्धि गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३(३ रुपैयाँ तथा पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको थियो । सरकारलाई यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन ४८ घन्टे अल्टिमेटम पनि दिएको थियो, तर इन्धनको मुल्य भने अझैसम्म पनि घटेको छैन ।
आफ्नो माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर शुक्रवारदेखि गर्ने भनिएको दसैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौला बताएका छन् ।