अहिले पनि नेपालमा दैनिक ४० वटा भूकम्प

काठमाडौं— गत अप्रिल २५ को ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प (गोरखाको बारपाक) पछि निरन्तर परकम्प जाने क्रम आजका मितिसम्म जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार नेपालमा हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ४५ परकम्प गएका छन् । यसैबीच केन्द्रले अहिले पनि हरेक दिन ४ रेक्टर मुनिका ४० वटासम्म भूकम्प गइरहेको छ ।
अप्रिल २५ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रेक्टरभन्दा कम स्केलका १२ देखि १५ वटा भूकम्प गइरहन्थे । यद्यपि ती भूकम्पको रेकर्ड राखिन्नथ्यो । ठूलो भूकम्पपछि परकम्प आउने क्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन् ।
‘अप्रिल २५ को ७.६ रेक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनि पनि भूकम्प नै हो, केन्द्रका प्रमुख अधिकारीका अनुसार गोरखा भूकम्पपछि प्रारम्भको एक महिनासम्म एक दिनमै ४ रेक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प परकम्प गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए । पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् । केन्द्रको विवरणअनुसार अप्रिल २५ को भूकम्पअघिका वर्षहरुमा ४ रेक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।
यसैबीच सोमबार बिहान ९ बजेर ४० मिनेट जाँदा पनि बाजुरा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको राससले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...