युवा सशक्तिकरण, आजको आवस्यकता

२००७ सालमा आज भन्दा ११ बर्ष अगाडि, म अष्ट्रेलिया आएको थिएँ । आज ११ बर्ष पछि यहाँ हाम्रो नेपाली कम्युनिटीलार्ई हेर्ने हो भने धेरैनै प्रगति भएको देखिन्छ । होम लोन ब्यवसायीदेखि लिएर, रियल इस्टेट, माइग्रेशन, रेष्टुरेन्ट, बिजनेस एडभाइजरी, पेष्ट कन्ट्रोल, ग्रोसरी स्टोर, फंक्सन सेन्टर लगायतका व्यवसायहरुमा, हाम्रो नेपाली दाजुभाइहरु धेरै अगाडि बढ्नु भएको छ । कर्पोरेट तहमा काम गर्ने नेपाली दाजुभाइहरु पनि आफ्नो करिअरको शिखर चुम्न सफल हुनु भएको छ । यो धेरै खुसीको कुरा हो, र मलार्ई आप्रवाशी नेपाली हुनुमा धेरै गर्व छ ।
तर बिडम्बना के छ भने, आज भन्दा ११ वर्ष अगाडि आउँदा, मलार्ई चाहिएको मार्गदर्शनको जुन अभाब महसुस गरेको थिए, त्यो अभाब आज हाम्रो अष्ट्रेलिया आउने भाइबहिनीहरुले पनि अझै महसुस गर्नु हुन्छ भन्ने कुरा मैले अनुभव गरेको छु ।
हामी आँफैले एक पटक सोचेर हेरौं, हामी जब अष्ट्रेलिया आउने प्लान बनायौं, तब हामीलार्ई अष्ट्रेलिया आउनुनै ठुलो कुरा थियो । यहाँ के गर्नु पर्छ, कसरि व्यवस्था गर्नु पर्छ, हामीलार्ई केहि पनि थाहा थिएन । जब आयौं, एकैचोटी झट्का लाग्यो । अहिले आएर हेर्दा, हाम्रा भाइबहिनीहरुलार्ई यो कुरा थाहा छ कि दुःख गर्नु पर्छ, कस्तो काम गर्नु पर्छ भन्ने पनि थाहा छ तर मार्गदर्शन चाही अझै पनि पाएका छैनन् । सायद त्यो मार्गदर्शन दिने मान्छे छन्, तर कोहिलाई फुर्सत छैन भने, कोहिलाई त्यो मञ्च मिलेको छैन ।
मैले अस्ति भर्खर, तीन महिना भएछ आएको, एक जना नेपाली भाइलाई सोधें, तिम्रो लिंकदिन प्रोफाइल छ ? उसले लिंकदिन भन्या के हो दाइ भन्यो । मैले अर्को एकजना भाइ, दुई वर्ष भएछ आएको, उसलार्ई पनि त्यहि प्रश्न सोधें । उसले भन्यो, “मैले सुन्या त हो दाइ, तर प्रोफाइल चाहीँ छैन ।” अब लिंकदिन के हो भनेर यहाँ व्याख्या गर्नु थाले भने, ठाउँ धेरै छैन यो लेखको लागि । एकदम सजिलो छ, गुगलमा हेर्न मिल्छ अथवा युट्युबमा राम्रो संग बुझ्न सकिन्छ ।
म धेरै लेख्न चाहँदिन, अहिले अष्ट्रेलिया आउनु हुने नयाँ युवाहरु लाई हेर्ने हो भने, उहाँहरुमा धेरै ट्यालेन्ट छ । नयाँ भूमिमा आएपछि दुःख गर्नु पर्छ । यदि अगाडि बढ्नु छ भने, संघर्ष गर्नु नै पर्छ । तर यो आवस्यक छैनकि, हामी १० बर्ष अगाडि आउँदा जसरी संघर्ष गर्यौं, हाम्रा युवाहरुले त्यहि नै गर्नु पर्छ । हामी हाम्रो तर्फबाट मिल्छ भने, हाम्रा भाइबहिनीहरुलार्ई सक्दो सल्लाह सुझाब दिऊँ, उनीहरुलार्ई तल्लो ग्रेडको काम नभएर, स्मार्ट तरिकाले कसरी अगाडि बढ्न सकिन्छ भन्ने सहि मार्ग दर्शन देखाऊँ ।
अस्ति नयाँ (Nepalese Australian Youth Association) को बार्वक्यू प्रोग्राममा गएको थिए । त्यहाँ हाम्रो नेप्लिज कम्यूनिटीमा अग्रशर भएर लागि पर्नु भएका एक जना बरिष्ठ नेपालीले भनेको एउटा कुरा एकदमै चित्त बुझ्यो । उहाँले भन्नु भएको थियो “हामी हाम्रो अष्ट्रेलिया आउनु भएका भाइबहिनीहरुलाई सहि बाटो देखायौं भने, भोलि हामीलार्ई पनि थाहा नभएको कुराहरु हाम्रो भाइबहिनीहरुले हामीलार्ई सिकाउन सक्नु हुन्छ ।” यो कुरा मलार्ई एकदमै सही लाग्यो । किनभने अहिले टेक्नोलोजीको जमाना छ, हाम्रो नयाँ जेनेरेशनका नेपाली युवाहरु धेरै नै रचनात्मक हुनु हुन्छ । हामीले राम्रो सल्लाह सुझाब दिन सक्यौं भने, भोलिको अष्ट्रेलियामा नेपाली युवाहरुले थुप्रै किर्तिमान राख्न सक्छन भन्ने मलार्ई पूरा विश्वास छ ।
अब मैले यो किन लेखे भने, यो पढ्नु हुने नेपालीहरुलाई अनौठो लाग्ला । मैले यही समस्या देखेर, नेपाली युवाहरुलार्ई कसरी अष्ट्रेलियन जब मार्केटमा अगाडि बढाउन सकिन्छ भनेर, करिअर कन्सल्टिङ्ग पेशामा लागेको छु जसमा मैले रेज्युम बनाउने, जब इन्टरभ्युको लागि प्रिपियर गर्ने र करिअरको परामर्श दिने जस्ता सेवाहरु प्रदान गर्छु । म आफ्नो व्यवसाय मात्र नभएर, निसुल्क करिअर कार्यशाला हरु पनि गर्ने गर्छु । यदि तपाईँलार्ई मेरो कुरा चित्त बुझ्छ भने, आउनुहोस् संगै मिलेर, कसरी हुन्छ हाम्रो नेपाली युवाहरुलाई अगाडि बढाऊँ । मलार्ई जहाँसम्म लाग्छ, अहिले जति पनि ग्यम्ब्लिङ्ग, सुसाइड, डिप्रेसन, ड्राग एडिक्सन जुन हाम्रो नेपाली युवाहरुमा छ, त्यो एक हिसाबले हेर्दा निरासाको कारण पनि हुन सक्छ । यदि हामीले उहाँहरुलार्ई सहि बाटो देखाउन सक्यौं भने यो समस्याको समाधान नहोला भन्न सकिन्न ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...