अष्ट्रेलियामा थारु सोसाइटी अफ अष्ट्रेलिया गठन 

दीपनारायण चौधरीको अध्यक्षतामा १९ सदस्य कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा थारु सोसाइटी अफ अष्ट्रेलिया गठन भएको छ।  दीपनारायण चौधरीको अध्यक्षतामा गठित १९ सदस्य रहेको कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष – साइमान चौधरी उपाध्यक्ष – निमेष लेखि, महासचिव – पृथ्वी चौधरी, सहसचिव – सोफिया चौधरी, कोषाध्यक्ष- रिन्कु चौधरी, सहकोषाध्यक्ष- शिशिर चौधरी रहेका छन् । त्यसै गरि त्यस्तै संयोजक- मिश्र कुमारी चौधरी, सहसंयोजक-  सुनिता चौधरी, पब्लिक रिलेशन अफिसर- अरुण चौधरी, कल्चरल सक्रेटरी- मनोरमा चौधरी, स्पोर्ट्स सेक्रेटरी- बिनय चौधरी र आइटी कोअडिनेटर- उमेश चौधरी चयन भएका छन् । त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा  रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी रहेका छन् ।
यसै गरि संस्थाले बरिष्ठ सल्लाहकारमा रामेश्वर चौधरी र सल्लहाकारमा सुकाई चौधरीलाई मनोनयन गरेको छ । २४औ बिश्व आदिबासी दिबसको अवसर परेर गठित उक्त कार्यसमितिमा छुटेका साथिहरु लाई समेट्दै सबैको साझा चौतारीको रुपमा स्थापति गर्नको लागि पनि सबै कार्य समितिका साथिहरु कटिबद्द भएको संस्थाका पब्लिक अफिसर अरुण चौधरीले द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताए ।  चौधरीका अनुसार  यहाँ रहका थारु दाजु भाई दिदि बैनी बीच आपसी भेटघाट, आत्मियता बढाउन  र नेपालमा, अष्ट्रेलियामा र प्रवासमा  रहेका थारू समुदायलाई भैपरि आउदा जे सकिन्छ सहयोग पुर्याउने उदेश्यका साथ संस्थाको परिकल्पना गरिएको हो ।
यसका अलाबा यहाँ रहेका सबै संघ सस्थाहरुसंग आपसी सदभाब राख्दै  संस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाइ थारु समुदाय र अन्य नेपाली समुदाय संग साथ साथै मनाउने संस्थाको अर्को उदेश्य रहनेछ।  संस्थालाई कसरि सबैको आफ्नोपन दिने र यहाँ रहेका सबै बीच छिट्टै भेटघाट गर्ने उदेश्यले आउदो नोभेम्बर ४ का दिन पहिलो मिट एण्ड ग्रिट बर्बक्यु पिकनिकको आयोजना पनि गरिएको अरुण चौधरीले जानकारी दिए । उक्त दिन नै थारु समुदायको सर्बाधिक लोकप्रिय चाड माघी लाई अष्ट्रेलियामा मानाउने सम्बन्धि पनि छलफल हुनेछ।