ग्रान्भिलका नेपाली समुदाय दशैं तिहार मनाउने तयारीमा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सधैका बर्षहरुमा जस्तै यस पटक पनि नेपालीहरुको बाक्लो बस्ति रहेको ग्रान्भिल क्षेत्रका नेपालीहरु सामुहिक दशैं तिहार मनाउने तयारीमा रहेको ग्रान्भिल नेपालीज कम्यूनिटी क्लवका अध्यक्ष रमेश थापाले जनाएका छन्। सिड्नीको पश्चिम क्षेत्रमा रहेको ग्रान्भिल र यसको वरपर बिगत लामो समय देखि ठुलो संख्यामा नेपालीहरुको  बसोबास रहेको छ । सन् २००५ देखि ग्रान्भिलबासी नेपालीहरु एक आपसमा जमघट भई हरेक बर्ष महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा नाँच गान र साँस्कृतिक कार्यक्रमको आयेजना गरी शूभ कामना साटासाट गर्ने निरन्तरता स्वरुप यस पटकको कार्यक्रम झन फरक र प्रभाबकारी तरिकाले गर्न लगीएको अध्यक्ष थापाले बताए । आउदो अक्टोबर १४  आईतबारको साँझ ६ बजे बाट ब्लाउजा हल ( 157 Blaxcell St. )  ग्रान्भिलमा हुन लागेको उक्त कार्यक्रमको प्रवेश शुल्क ३० डलर तोकिएको छ।  यस शुल्क भित्र मिठो परिकारका साथ भरपुर मनोरंजन पनि लिन सकिने कल्बले जनाएको छ । ८ बर्ष सम्मका बाबु/नानीको प्रवेश निशुल्क र ८ देखि १५ बर्ष सम्मका बाबु/नानीको को लागि  प्रवेश शुल्क १५ डलर राखिएको छ।
यो बर्ष अन्य बर्ष भन्दा केहि भिन्न किसिमले कार्यक्रमको आयोजना गरिएको र स्थानिय कलाकारहरु देखि यतै जन्मे हुर्केका दोश्रो पुस्ताका बाबु/नानीहरु लाई बिबिध प्रस्तुतिहरु मा सहभागिता जनाउन उत्साहित गरिनेछ । कार्यक्रम सम्बन्धि कुनै पनि जनाकारीका लागि कल्बका पदाधिकारी वा  रमेश थापा- ‭0431 792 100,‬ भिम बस्नेत- 0431 189 702, सौगात भट्टराई- 0402 576 515 वा राम रुवाली- ०४३२ ८२२ २३५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।