गुठी अष्ट्रेलियाले चङ्गा महोत्सबको आयोजना गर्दै
यस पटकको महोत्सबको अक्टोबर १३ मा
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
खुल्ला आकाशमा बेफिक्री उडेका चङ्गाहरुले हामी सबैलाई हाम्रो बालपनमा पुराउंछ । इन्द्र जात्राको सुरु संगै र दशैं तिहार भर नै नेपालको खुल्लाआकाशमा देखिने चङ्गाले हामी सबैलाई हाम्रो मन मस्तिष्क पर्बमय बनाउँछ। अस्ट्रेलियामा भने चाड पर्बको ति सम्झानाहरु लाई ताजा बनाउदै सामाजिक एबम परोपकारी कार्यमा सधै अग्र स्थानमा रहदै आएको गुठी अस्ट्रेलियाले बिगत ४ बर्ष देखि चङ्गा महोत्सबको आयोजना गर्दै आइरहेको छ।
यस पटकको चङ्गा महोत्सब आउदो अक्टोबर १३ का दिन सिड्नीको रकडेल स्थित बाइसेन्टिनियल पार्कमा हुन गैरहेको गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रष्ठले जानकारी दिए ।
प्रवेश नि:शुल्क रहेको सो चङ्गा महोत्सबमा लोकल काउनसिलको नियम भित्र रहेर चंगा उडाउनु पर्ने कारण पनि गुठीअस्ट्रेलियाले नै केहि शुल्क लिएर चंगा, धागो र लट्टाई कार्यक्रम स्थलमा नै उपलब्ध गराउने पनि अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चङ्गा उडाउनेका अलवा लाखे नाच, हात्ती नाच, रथ यात्रा लगायत नेवारी संस्कृति झल्कने बिबिध प्रस्तुतिहरु पनि रहेको जनाईएको छ । त्यसको अलावा कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपालका ख्याती प्राप्त गायक दिपक बज्राचार्य र रह्याथम ब्याण्डले सबै उमेर समुहकालाई भरपुर मनोरंजन दिनेछन् । त्यसै गरि बालबालिकाहरुको लागि जम्पिङ क्यासल, फेस पेण्टिङ्ग लगाएतका मनोरञ्जनात्मक कार्यक्रम र बिबिध खान-पिन परिकारका स्टलहरु समेत कार्यक्रम स्थलमा रहने गुठी अष्ट्रेलियाले जनाएको छ।
यस पटकको चङ्गा महोत्सबओली एण्ड एसोसिएटको मुख्य प्रयोजनमा सम्पन्न हुन गइरहेको छ। नेपाली कला संस्कृति सँग जोडीएको बिगतमा समेत निक्कै लोकप्रिय बनेको यस कार्यक्रमको एक हिस्सा बन्न पाएकोमा खुसि लागेको ओली एण्ड एसोसिएटकी बजार ब्यबस्थापक अन्जु पन्तले बताइन। उनले भविष्यमा पनि ओली एण्ड एसोसिएटले यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहयोग गरि रहने जनाइन।
कला संस्कृतिको धनि नेवारी समुदायका बिबिध चाड बाडहरु संगै सबै नेपाली जनमा र बहु-संस्कृतिक हामी नेपालीहरुको परिचय सजिब बनाइराख्ने यस्ता किसिमका महोत्सबहरु मा सहभागी भई दिनु हुन पनि गुठी अस्ट्रेलियाले सबै नेपाली दाजु भाई दिदि बहिनिहरु लाई हार्दिक अनुरोध गरेको छ। कार्यक्रम बारे थप जानकारीका लागि संस्था गुठी अस्ट्रेलियाका पदाधिकारी वा वा संस्थाको फेसबुक पेज https://www.facebook.com/GuthiAus मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।