नेपाल फेस्टिभल अष्ट्रेलियाको “सद्भावना दुत” मा पुस्कर शाह 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
प्रत्येक २/२ बर्षमा एनआरएनए अष्ट्रेलियाले आयोजना गर्ने बहुप्रतिक्षित नेपाल फेस्टिभलको “सद्भावना दुत” मा संस्थाले बिश्व साइकल यात्री पुस्कर शाह लाई नियुक्ति गरेको छ।  गत सेप्टेम्वर २३ आइतवारका दिन संस्था अध्यक्ष श्री तोनु घोतानेको अध्यक्षतामा सम्पन्न वैठकले उक्त निर्णय गरेको एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले एक प्रेस बिज्ञप्ति जारि गरि बताएका छन्।
 
खरेलका अनुसार नेपाल फेस्टिभललाई अष्ट्रेलियाका बिभिन्न शहरहरुमा मनाउने तयारी स्वरुप राज्य समितिहरु सक्रिय रहेका छन्। शाहलाई  सद्भावना दुत” मा नियुक्ति गरे संगै सबैमा थप उत्साहा थपिएको छ।
यसै गरि बैठकले अस्ट्रेलियामा भएको सुखा र खडेरीवाट पिडित किसनहरु लाई आर्थिक सहयोग गर्ने साथै आर्थ संकलन आगामी नोभेम्वर सम्म जारी राखने र स्थानीय वालगेट काउन्सिलको सहकार्यमा एक दिवसीय नेपाली खाना खुवाउने गर्ने पनि निर्णय गरेको छ । बैठकले लामो समय देखि संस्थालाई बिधिबत फेडेरल लेभलमा दर्ता गर्ने र नयाँ विधान पारित गर्नका लागि आवश्यक तयारी पश्चात विशेष साधारण सभा वोलाउने अधिकार पनि अध्यक्षलाई दिने निर्णय गरेको छ । संस्थाले आफ्ना सवै सदस्यहरु लाइ विधिवध परिचय पत्र अस्ट्रलिया भर नै बाड्ने काम गरेको र सदस्यहरु लाइ के कसरि विभिन्न फाइदा, सहुलियत र महत्व थप गर्दै जान सकिन्छ भनेर अध्यन गरि कार्यविधि र सम्झौता पत्र निर्माण समिति संस्थाका उपाध्यक्ष असोक के.सी. को नेतृत्वमा एक समिति पनि निर्माण गरेको छ।  बैठकले वर्तमान विधानलाई परिमार्जन गरि नया विधान निर्माण समितिमा अहोरात्र खट्नु भइ गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको तदर्थ विधान निर्माण गरि कार्य समिति मासफलता पुर्वक पेश गर्नु भएकोमा समितिका उपसंयोजक सुनिल भण्डारी र समिति सदस्य संस्थाका सचिव देव गुरुङलाई विशेष धन्यवाद ज्ञापन पनि गरेको बिज्ञप्तिमा जनाईएको छ।