ओली एण्ड एसोसिएट कप फुटबल सम्पन्न 

आयोजक सेन्टजर्ज नेपाली क्लव बिजयी 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सेन्टजर्ज नेपाली क्लवको आयोजना एक दिवसीय Oli & Associate SGNC Veteran cup 2018 सम्पन्न भएको छ। सिड्नीको किरावी  फुटवल मैदानमा गत १६ सेस्टेम्बरका दिन सम्पन्न उक्त खेलमा ६ बर्षका बाबु हरु देखि देखी ३५ बर्ष र ४० बर्ष उमेर समुहका गरि १८ टिमको सहभागितामा रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा 35+उमेर समुहमा आयोजक SGNC ले Parrapack FC लाई १-० ले पराजित गरेको थियो भने  40+उमेर समुहमा आयोजक SGNC ले  MFC माथि बिजयी हासिल गरेको छ । यसै गरि  १६ बर्ष मुनिको टुर्नामेन्टमा SGNC प्रथम र ग्रयानभिल राइनो दोश्रो, १२ बर्ष मुनिका टुर्नामेन्टमा SGNC प्रथम र  ग्रयानभिल राइनो दोश्रो भएको थियो।  खेलमा बेस्ट किपर टोम थापा, हाइ स्कोरर दिनेश अमात्य, ४० बर्ष माथिको समूहका बेस्ट प्ल्येर दिनेश आमात्य, ३५ बर्ष माथिको समूहका बेस्ट प्ल्येर HYC अम्बेश राजभण्डारी घोषित भएका थिए। खेल समापन संगै नेपाली समजाका अग्रज, नेपाली ब्यबसायीहरु, प्रायोजक र सेन्टजर्ज नेपाली क्लवका पदाधिकारीको उपस्थितिमा बिजेता, उपबिजेता र सहभागीहरुलाई पुरुष्कार वितरण गरिएको थियो।