दोश्रो कोसिश सहित राज के. गोस्वामी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाका प्राय सबै स्थानीय सांगेतिक कार्यक्रमहरुमा देखिने र यहाँका श्रोताको मन जितेका युवा गायक  राज के. गोस्वामीले लामो समयको अन्तराल पछि आफ्नो दोश्रो एल्बम कोसिश- २ लिएर श्रोता माझ आउदैछन्।  पाँच बर्ष अगाडी पहिलो एल्बम कोसिश बाट आफुलाई सांगेतिक क्षेत्रमा स्थापित गराएका राजले उक्त एल्बमका गीतहरु बाट थुप्रै पुरष्कारहरु हात पारे । त्यो भन्दा पनि धेरै श्रोता अनि शुभचिन्तकहरुको माया पाए र त्यसैको निरन्तरता स्वरुप, आफुलाई अझ निखार्दै दोश्रो एल्बम लिएर आउन लागेको द नेपाली टाईम्स संगको कुराकानीमा बताए ।
आउदो अक्टोबर २६ का दिन कोसिशलाई सिड्नीबाट रिलिज गर्ने तयारीमा छन् राज ।  एउटा फरक खाले सांगेतिक माहोल बिच र संगीत प्रेमी हरु बिच  सांगेतिक कार्यक्रम सहित सिड्नीको ईन्द्रेणी फंक्सन सेन्टरमा  एल्बम बिमोचन हुनेछ।  उक्त आबसर उपस्थित भइ आफुलाई हौसला दिन राजले सबै हितैषीहरु लाई अनुरोध गरेका छन्।
कोसिश-२ मा १० वटा गीतहरु समाबेश छन् । एल्बमका गीतहरुमा गोश्वामीलाई गायिकाहरु आस्था राउत, मेलिना राईले कर्ण प्रिय स्वर सहित साथ दिएका छन्।