सुजाताको “ज्यानै फालिदिन्छु” सार्बजनिक

भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अस्ट्रेलियालाई कर्मभूमि बनाएर संगीत साधनामा लागि रहेकी गयिका सुजाता उपाध्याय मानन्धरले  अर्को कर्णप्रिय गीत हालै सार्बजनिक गरेकी छिन्। हाइलाइट नेपालले यस साता सार्बजनिक गरेको “ज्यानै फालिदिन्छु” बोलको उक्त गीतमा गयिका सुजातालाई गायक सुरज कुमार थापाले साथ दिएका छन्।
 दिनेश अधिकारीको शब्द र हरि लम्सालले संगीत दिएको उक्त गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारीलाई देख्न सकिन्छ भने उनको साथमा मोडल जिबन भट्टराईले फिचरिंग गरेका छन् । बिशाल भण्डारीले निर्देशन गरेको यस म्युजिक भिडियोलाई  निशान घिमिरेले सम्पादन र  र्जुन तिवारी र उनको समूहले छायांकनमा सहयोग गरेका हुन् । आफुले यस गीतमा निक्कै मेहनत गरेको र दर्शक हरुले यसलाई मनपराई दिनु हुनेछ भन्ने कुरा आफु बिश्वस्त रहेको पनि गयिका सुजाता बताईन।
गीतको म्युजिक भिडियो –