दशैं साँझ हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
दशैं नजिकिदै गर्दा संगीतमय बाताबरण बीच सबैको भेटघाट र शुभकामना आदान प्रदान गर्ने उदेश्यले इन्द्रेणी इन्टरटेन्मेण्टसले नेपाल ख्याती प्राप्त कलाकारहरु को साथमा दशैं साँझको आयोजना गर्दैछ । गायकहरु राम चन्द्र काफ्ले, शिब हमाल र गायिकाहरु जुनु रिजाल, सिर्जु अधिकारीलाई एकै मन्चमा राखेर बिबिध सांगेतिक प्रस्तुति सहित हुन लागेको दशैं साँझ कार्यक्रम रक्डेलको इन्द्रेणी फंक्सन सेन्टरमा आउदो ६ अक्टोबर शनिबार साँझ ६ बजे देखि हुदैछ । नेपाली खाना र संगीतमय बाताबरणमा रमाउन आयोजकले सबै नेपालीहरु लाई अनुरोध गरेको छ । कार्यक्रमको प्रवेश शुल्क ३० डलर तोकिएको छ । थप जानकारीका लागि बिन्दु ०४२६ ८२० ७२२  वा लक्ष्मण ०४१३ ६४५ २३९ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।