माया त यस्तो भन्दै आए अञ्जु र बिन्ती

काठमाडौं– अमेरिकामा बसोबास गरिरहेका गायक बिन्ती कुमार गुरुङले गायिका अञ्जु पन्तसंग यूगल गायन गरेको एउटा नयाँ नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया त यस्तो…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो ।
चलचित्रको पाश्र्व गायनमा अत्यन्त व्यस्त रहेकी गायिका अञ्जु पन्त सुगम संगीतमा आधारित आधुनिक गीतमा पनि उत्तिकै सक्रिय छिन् । यसपटक गायिका पन्तले गायक गुरुङसंग उक्त यूगल गीत गाएकी हुन् । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु एमडि फिरकले रचना गरेका हुन् । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।
यो गीत गायक बिन्ती कुमार गुरुङको भरखरै सार्वजनिक भएको एकल गीति एल्बम ‘बिन्ति’ मा समावेश छ ।
शान थापाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरु कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् । यो भिडियो हाइलाइट्सनेपालको च्यानलमार्फत अपलोड गरिएको हो ।
यस्तो छ माया त यस्तोको म्युजिक भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...