अमेरिकाबाट स्वदेश फर्किएका प्रधानमन्त्रीको विमानस्थलमै यस्तो अभिव्यक्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठुलो बनाउन जरुरी नभएको बताउनुभएको छ । अमेरिकाको झण्डै दुई साता लामो भ्रमणपछि बिहिबार काठमाडौं ओलर्नु भएका प्रधानमन्त्री ओलीले नेता नेपालसँग आफ्नो २९ सालदेखि घनिष्ठता रहेको भन्दै उहाँले ढुक्क हुन आग्रह गर्नुभयो ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाउनुभएको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै अमेरिका भ्रमणबाट फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताउनुभयो ।
‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण र राजनीति नहुने बताउनुभयो । असन्तुष्टिहरूको जवाफ काम गरेर दिनुपर्नेभन्दै उहाँले भन्नुभयो ‘२(४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौँ ।’
सरकारले नराम्रो काम नगरेको बताउँदै प्रधानमन्त्री ओलीले बरु राम्रो काम गर्ने कोसिस भने गरिरहेको भन्दै आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्ने र अर्को चुनावपछि झन् बलियो भएर आउने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गर्नुभयो । बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उहाँको भनाइ छ।
प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बतानुभयो । प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा नेपालले लिएका दूरगामी योजनाहरूलाई विश्व सामु जानकारी गराएको बताउनुभयो ।
नेपाललाई आवश्यक परेको सहयोगका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नु थियो त्यो भयो । एक सय २१ राष्ट्र सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भएको जानकारी गराउनुभएको थियो । राष्ट्रसंघीय शान्ति मिसनमा पाँचौँ स्थानमा रहेको नेपालले अझै सशक्त भएर प्रस्तुत हुने विषयमा प्रतिबद्धता जनाइएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । लगानी र पर्यटनका माध्यमबाट नेपालको विकासमा जोड दिइएको छ मन्त्री ज्ञवालीको भनाई थियो ।
संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो । अमेरिकाको १३ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्कनु भएको ओलीले अमेरिका हुँदै कोस्टारिकाको पनि भ्रमण गर्नुभएको थियो । कोस्टारिकाको शान्ति विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई नेपालको शान्ति सुरक्षामा गरेको योगदानको कदर गर्दै विद्यावारिधिको उपाधि समेत दिएको थियो ।
प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम, स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात्तमोहा सेना पदेई तेको हुन सेन लगायतका विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...