दसैं साँझका लागि अष्ट्रेलिया पुग्दै कलाकार

त्यसै पनि दशैं–तिहार जस्ता ठूला चाडपर्वमा विदेशमा प्रसस्त कार्यक्रमहरु आयोजना हुन्छन् । आफ्नो देशभन्दा धेरै टाढा पुगेपछि मुख्य–मुख्य चाडपर्वहरु एकै ठाउँमा भेला भएर मनाइने पुरानै प्रचलन हो । अष्ट्रेलियामा पनि मुख्य–मुख्य चाडहरुमा ठूला कार्यक्रमहरु आयोजना हुन्छन्, जहाँ नेपालबाट गएका कलाकारहरुले स्थानिय समुदायलाई मनोरञ्जन प्रदान गर्छन् ।
यसपटकको दशैंका लागि पनि चार जना लोकप्रिय कलाकारहरु काठमाडौंबाट अष्ट्रेलियातर्फ प्रस्थान गर्दैछन् । दसैंको अवसर पारेर ईन्द्रेणी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘दशैं साँझ’ कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाली कलाकारहरु गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्ले, सिर्जु अधिकारी तथा शिव हमाल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
आगामी अक्टोबर ६ का लागि निर्धारित कार्यक्रम स्थानिय ईन्द्रर्ण फङ्सन सेन्टरमा स्थानीय समय अनुसार साँझ छ बजेपछि प्रारम्भ हुनेछ । प्रवेश शुल्क ३५ डलर तोकिएको उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल कलाकारहरु तयार भएको द नेपाली टाइम्स अष्ट्रेलियासंगको छोटो कुराकानीका क्रममा बताएका छन् ।
लोकप्रिय गायक रामचन्द्र काफ्लेका अनुसार यसपटकको उनको अष्ट्रेलिया भ्रमण दोस्रो पटक हुनेछ । यसअघि उनी करिव छ वर्षअघि सांगीतिक कार्यक्रमकै क्रममा आफ्नी गायिका श्रीमती जुनु रिजालसंग अष्ट्रेलिया पुगेका थिए । ‘दसैंको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउनका लागि म एक्साइडेट छु, गायक काफ्ले भन्छन्–‘कार्यक्रमका लागि ठ्याक्कै यही दिन काठमाडौंबाट उड्ने भन्ने निश्चित भैसकेको छैन, यद्यपि उक्त कार्यक्रमका लागि हामीले आफ्नो तयारी पुरा गरिसकेका छौं । कार्यक्रममा गायक काफ्लेले झण्डै एक दर्जन गीत प्रस्तुत गर्ने तयारी गरेका छन् । ती मध्ये केही गीतमा उनलाई गायिका जुनु रिजालले पनि साथ दिनेछिन् । ‘लाठी चार्ज नगर..गीतका लागि धेरै नै डिमाण्ड आउने गर्छ, गायक रिजालका अनुसार कार्यक्रममा उनले भरखरै सार्वजनिक भएर लोकप्रिय भैरहेको ‘विदेशिएँ रमाइ रमाइ…’ सम्मका गीत प्रस्तुत गर्नेछन् । विदेशिएँ…गीतलाई रामचन्द्रले वैदेशिक रोजगारीमा विदेश गएका नेपाली दाजुभाइप्रति नै समर्पित गरेको बताएका छन् । ‘अष्ट्रेलियाका नेपाली दर्शकमाझ प्रस्तुत भएर गीत गाउँदा बेग्लै आनन्द आउँछ, गायक काफ्ले भन्छन्–‘स्टेजमा उक्लिएपछि झर्नै मन लाग्दैन, यद्यपि कार्यक्रमका लागि निश्चित समय तोकिएकाले लोकप्रिय गीतहरु मात्र गाउन भ्याइन्छ ।’
गायिका जुनु रिजाल पनि अष्ट्रेलियाको कार्यक्रमका लागि उत्तिकै एक्साइटेड छिन् । यसअघि रामचन्द्रसंग अष्ट्रेलिया पुगेकी गायिका रिजालले पनि कार्यक्रममा आफ्नो लोकप्रिय एकल गीतका साथै केही यूगल गीतहरु पनि प्रस्तुत गर्नेछिन् ।
गायिका सिर्जु अधिकारीले पनि आफू अष्ट्रेलियाको दशैं विशेष सांगीतिक कार्यक्रमका लागि तयार भएको उल्लेख गरेकी छिन् । नृत्य परक गीत ‘झुम्के बुलाकी…’ मार्फत दर्शक तथा स्रोतामाझ आउन लागेकी यी गायिकाले अष्ट्रेलियाको कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । लोक दोहोरी गायनमा छुट्टै पहिचान बनाइसकेकी गायिका अधिकारीले आफ्ना गीतमार्फत अष्ट्रेलियाका दर्शकलाई नचाउने तयारी गरेकी हुन् । सिर्जुले गाएका गीतहरु मध्ये छेकेन जामाले, मायालुको ज्यान, दिउँला साडी एक सयको आदि गीत लोकप्रिय छन् ।
लोक गायक शिव हमाल दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् । यसपटक उनका लोकप्रिय गीतहरु अष्ट्रेलियामा समेत गुञ्जिने भएका छन् । अष्ट्रेलियाको कार्यक्रममा सहभागिता जनाउन व्यग्र गायक हमालले उक्त कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेर दर्शक नचाउने छन् । शिवले गाएका गीतहरु मध्ये महारानी, मायाको फासी, लालुपाते बामरी, झुम्के बुलाकी आदि गीतहरु लोकप्रिय छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...