सिड्नीको नेपाल चंगा महोत्सवमा दीपक बज्राचार्य अनि रिदम व्यान्ड्सको ‘मन मगन’

काठमाडौं– दसैंको अवसर पारेर यही शनिवार अर्थात अक्टोबर १३ का दिन अष्ट्रेलियाको सिड्नीमा पाँचौं संस्करणको नेपाल चंगा महोत्सव आयोजना हुँदैछ । गुठी अष्ट्रेलियाले सिड्नीको स्थानिय बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको नेपाल काइट फेस्टिभल–२०१८ को पाँचौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । आयोजक गुठि अष्ट्रेलियाले ‘नेपाल काइट फेस्टिभल–२०१८’ शीर्षक राखेको उक्त फेस्टिवलको मुख्य प्रायोजनको जिम्मा ओली एण्ड एसोसिएट्ले लिएको छ ।
नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय यो फेस्टिभलको मुख्य आकर्षण चंगा उडाउनु भए पनि यो वर्ष आयोजना संस्थाले नेपालका लोकप्रिय गायक दीपक बज्राचार्य तथा उनको रिदम ब्याण्डलाई प्रमुख आकर्षण बनाएको छ । दीपक तथा उनको ब्याण्डले सिड्नी बाहेकका विभिन्न ६ ठाउँमा सांगीतिक प्रस्तुत दिइसकेको छ भने अन्तिम कार्यक्रमको रुपमा नेपाल काइट फेस्टिभलमा प्रस्तुत हुन लागेको हो । दीपकको ‘मन मगन…’ गीत यतिबेला लोकप्रियताको शिखरमा छ । यसबाहेक दीपकले गाएका दर्जनौं गीतहरु दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् ।
आयोजक गुठी अष्ट्रेलियाले फेस्टिभलको सम्पूर्ण तयारी पुरा भैसकेको तथा कार्यक्रमलाई सफल बनाउन सिड्नी तथा वरपरका सबै नेपालीलाई उपस्थित हुन अनुरोध गरिसकेको छ । कार्यक्रम स्थानिय समय अनुसार दिउँसो १२ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको निर्धातिर तालिका अनुसार दिउँसो १२ बजेदेखि ५ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सञ्चालन गरिने छ । त्यसक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती, चंगा उडान प्रतियोगिता, मस्म खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य सञ्चालन गरिनेछ । कार्यक्रमको यो अघिल्लो चरणलाई पारिवारिक शैली प्रदान गरिएको छ भने साँझ ५ बजेपछिको कार्यक्रमलाई सांगीतिक प्रस्तुतीमार्फत अघि बढाइने छ । जस अन्तर्गत गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डले उपस्थित दर्शकमाझ आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् । त्यसक्रममा अष्ट्रेलियामै रहेका स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिने छन् ।
कार्यक्रममा आठ वटा फरक–फरक फुड स्टलहरुको व्यवस्था गरिने छ । त्यसका साथै बालबालिकाहरुको लागि जम्पिङ क्यास्टल, फेस पेन्टिङसहितका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने तयारी आयोजक संस्थाको छ ।
आयोजक गुठि अष्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन, यद्यपि चंगा लट्टाई भने निश्चित शुल्क तिरि भाडामा किन्न पाईने छ। थप जानकारीको लागी गुठी अष्ट्रेलियाको फ़ेसबुक पेज मार्फ़त जानकारि लिन सक्नु हुनेछ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...