स्क्रिप्ट लेखन प्रतियोगिता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

यसपटकको स्कृप्ट राइटिङ कम्पिटिसन सुनिल गुरुङले जितेका छन् । उक्त प्रतियोगितामा १ सय ५० वटा स्क्रिप्ट सहभागी थिए । गुरुङको स्क्रिप्ट द गिफ्टमा द्वन्द्वकालमा सैनिक बन्ने सपना बुनेका युवक तथा नर्स बन्ने लक्ष्य लिएकी युवतीको प्रेमकथा प्रस्तुत गरिएको छ । नेपाली फिल्मको कथामा देखिँदै आएको कमजोरी हटाउँदै कथालाई बलियो तुल्याउने उद्देश्यले मनोज अधिकारीको टिमले सन् २०१२ देखि स्क्रिप्ट राइटिङ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।