‘मायाको रंग…’ लिएर आइन् गायिका बानिका प्रधान
अमेरिकामा गरियो छायांकन

काठमाडौं– लोकप्रिय गायिका बानिका प्रधान दसैंको पूर्व सन्ध्या पारेर नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । घटस्थापनाको अघिल्लो दिन सार्वजनिक भएको ‘मायाको रंग…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो गीत झैं सुन्दर बनेको छ । मेघराज लगुनको संगीत निर्देशनको उक्त गीतका शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा रचना गरेका हुन् । सुमित विश्वकर्मा उक्त गीतका संगीत संयोजक हुन् भने गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्य यन्त्र बजाएका छन् । गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ ९बाँसुरी० तथा राजु महर्जन ९मादलरधीमे० आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् । उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
रमणीय लोकेशनहरु प्रयोग गरिएको उक्त भिडियोको छायांकन अमेरिकामा गरिएका हो । कुनै बेलाका लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायांकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देशक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् ।
मायाको रंगको म्युजिक भिडियो
https://youtu.be/fmBaNYH6CL0

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...