जुम्ल्याहा पाउने अभिनेत्री

अभिनेत्री लिजा रेले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । क्यान्सरमुक्त भएकी ४६ वर्षीया यी बलिउड अभिनेत्रीले तीन महिनाअघि जुम्ल्याहा सन्तानलाई जन्म दिएको खबर भरखरै सार्वजनिक भएको छ । उनले ती सन्तान आफ्नो कोखबाट नभइ भाडाको कोखबाट जन्माएको बताइन्छ । लीजार्लाइ सन् २००९ मा क्यान्सर भएको थियो । त्यसपछि उनले आफु गर्भवती हुन नसक्ने बताएकी थिइन् । अहिले आएर सरोगेट मदरमार्फत आफू आमा बनेको लिजाको भनाइ छ । कसूर, वाटर जस्ता केही हिन्दी फिल्ममा शसक्त भूमिका निर्वाह गरेकी लिजाले आफूलाई क्यान्सर भएको थाहा पाएपछि उपचारमा सक्रिय भएकी थिइन् । करिव एक वर्ष उपचारपछि उनी उक्त रोगबाट मुक्त भइन् । जर्जियामा जन्मिएका ती जुम्ल्याहा बालिकाहरुलाई छिट्टै मुम्बइ लगिने बताइन्छ । लिजाले आफ्ना जुम्ल्याहा छोरीहरुको नाम सुफी र सोलेल राखेकी छिन् । लिजा सन् २०१२ मा बैंकर जेसनसंग क्यालिफोर्नियामा विवाह बन्धनमा बाँधिएकी थिइन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...