सिक्किमको ‘हाट बजार’ काठमाडौंमा सार्वजनिक

काठमाडौं– सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समुह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरुको एल्बम ‘हाट बजार’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गायकद्वय आशिष तथा सुदर्शनसहित टेलिभिजनकर्मी सोनाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा उक्त गीति एल्बम लोकार्पण गरेका हुन् ।
सन् २०१५ मा स्थापना भएको सांगीतिक समुह ‘आशिस सुदर्शन’ का दुई गायकले लोप हुँदै गएको हाट–बजार शब्दलाई गीतमार्फत दर्शक तथा स्रोतामाझ प्रस्तुत गरेका हुन् । विमोचित एल्बममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । एल्बमका सबै गीतहरु गायकद्वय आशिस र सुदर्शनले रचना गरेका हुन् भने उनीहरुले नै ती गीतहरुलाई संगीतबद्ध गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै गायक सुदर्शन सुनारले एल्बमका सबै गीतहरुमा नेपाली मौलिक बाजाहरु प्रयोग गरिएको बताए । गायक आशिस सुनारले एल्बमका सबै गीतहरु दार्जिलिङको रिदम रेकर्डिङ्समा रेकर्डिङ गरिएको जानकारी दिए । जिवन प्रकाश प्रधानले एल्बमका गीतहरु रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
एल्बमको समावेश चाउरी पर्ला।।।गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री नम्रता सापकोटाले सिक्किमका युवा गायकहरुको नेपाली गीत–संगीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रसंसा गरिन् ।
समारोहमा एल्बममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । एमएनएस भिम्यागसंग आवद्ध सोनम छिरिङ लामाले उक्त म्युजिक भिडियो निर्देशन गरेका हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । बिजय कोजुद्वारा छायांकन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।
यस्तो छ ‘चाउरी पर्ला…’को म्युजिक भिडियो
https://youtu.be/tuN2wu5-bwk

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...