दुई प्रभावशाली व्यक्तित्वको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोला तथा नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको एकै दिन शनिवार निधन भएको छ ।
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन भएको हो ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित घरमै निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्कघात भएको थियो । त्यसयता उनी अचेत अवस्थामा थिए । उनका श्रीमती र दुर्इ छोरी छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।

नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको पनि शनिवार नै निधन भएको हो । ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । चिकित्सकका अनुसार उनलाई माइल्ड अट्याक भएको थियो । ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन् । कान्तिपुर प्रकाशनको सुरुवाती चरणदेखि उनी अध्यक्षको रुपमा थिए । उनी सरकारी सेवाको उच्च तहबाट निवृत हुन् । ज्ञवालीे नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येता हुन् । निजी क्षेत्रबाट पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको छ । २०४६ सालको जनआन्दोलन पछि पत्रिका प्रकाशनलाई व्यवसायीकता दिन विशेष योगदान दिएका थिए। ज्ञवालीको वि।स। १९९५ चैत्र रामनवमीमा गुल्मीमा जन्म भएको थियो। उनका श्रीमती र तीन छोरा छन् ।